Kathmandu Press

उपराष्ट्रपतिमा जनमतकी ममता झाले गराइन् उम्मेदवारी दर्ता

संघीय संसद भवनको ल्होत्से हलमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालय नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्।
उपराष्ट्रपतिमा जनमतकी ममता झाले गराइन् उम्मेदवारी दर्ता

काठमाडौं, फागुन २७ : सत्तारूढ गठबन्धनको एक घटन जनमत पार्टीकी नेत्री ममता झा उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

संघीय संसद भवनको ल्होत्से हलमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालय नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्। सत्तारुढ १० दलहरुको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुट्न नसकेपछि झाले उम्मेदवारी दिएकी हुन्।

सहमति नजुटेपछि जनमत पार्टी र जनता समाजवादी पार्टी जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको पार्टी अध्यक्ष सीके राउतले जानकारी दिए।

झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपा कुमारी यादव छन्। त्यस्तै, समर्थकमा गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन्।

झालाई उनकै जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको साथ देखिन्छ। एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्।

उनिसहित उपराष्ट्रपतिका लागि चारजनाले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: १४:०० बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्