Kathmandu Press

टिकट वितरण गर्न नेविसंघले बनायाे तीन सदस्यीय समिति

टिकट कसलाई दिने भन्ने विषयमा संघभित्र विवाद रहेकाले त्यसलाई सहज बनाउन नेविसंघ अध्यक्ष दुजाङ् शेर्पा, प्रेमिका राना र सिर्जना मल्ल रहनेगरी तीन सदस्यीय समिति बनाएको हो।
टिकट वितरण गर्न नेविसंघले बनायाे तीन सदस्यीय समिति

काठमाडौं, फागुन २७ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि टिकट वितरण गर्न तीन सदस्यीय समिति बनाएको छ।

टिकट कसलाई दिने भन्ने विषयमा संघभित्र विवाद रहेकाले त्यसलाई सहज बनाउन नेविसंघ अध्यक्ष दुजाङ् शेर्पा, प्रेमिका राना र सिर्जना मल्ल रहनेगरी तीन सदस्यीय समिति बनाएको हो।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्ववियु निर्वाचनका लागि आजै (शनिबार नै) उम्मेदवारी दर्ताको मिति तोकिएको छ। नेविसंघले भने उम्मेदवारको टुंगो लगाइसकेको छैन। 

कार्यतालिकाअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला गर्ने कार्यक्रम छ। मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ।

प्रकाशित मिति: १२:२७ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्