Kathmandu Press

एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार

आज (शनिबार) बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले बागमती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत रहेकी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।
एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार

काठमाडौं, फागुन २७ : एमालेले उपराष्ट्रपतिको उम्मेदवारमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई अघि सारेको छ।

आज (शनिबार) बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले बागमती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत रहेकी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

बैठकले राष्ट्रपतिमा पुरष निर्वाचित भइसकेकाले उपराष्ट्रपति महिला उम्मेदवार नै बनाउनुपर्ने विषय जोडदारका साथ उठेको बताइएको छ।

बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा समीक्षा भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। एमालेले यसअघि पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो।

चैत तीन गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। उपराष्ट्रपति चयनका लागि चैत ३ गते निर्वाचन रहेको र त्यसका लागि आज बिहान ९ बजेदेखि २ बजेसम्का लागि समय तोकिएका छ।

प्रकाशित मिति: ११:३३ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्