उपराष्ट्रपति निर्वाचन : आज उमेदवारी मनोनयन
यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं, फागुन २७ : उपराष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ ।
यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
२८ गते नै उमेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको कार्यतालिकामा उल्लेख छ । चैत ३ गते मतदान हुनेछ ।
मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।
प्रकाशित मिति: ०७:१० बजे, शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)