Kathmandu Press

नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ : अध्यक्ष ओली

नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ : अध्यक्ष ओली

काठमाडाैं, फागुन २६ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने बताएका छन। एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल खेलकुद महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्दै उनले नयाँ पुस्तालाई खेलमा आकर्षित गरेर पार्टीमा ल्याउनुपर्ने बताए।

'खेलमार्फत नयाँ पुस्तालाई नजिक ल्याउँछौँ । नजिक ल्याएपछि कार्यकर्ता हुन्छन्,' उनले भने। अध्यक्ष ओलीले आफू क्षणिक राजनीतिक खेलमा सामेल नहुने तर्क गरे। उनले एमाले देश बनाएर अगाडि बढ्ने र छोटो दौडमा नभई म्याराथुनमा कुद्ने बताए। अध्यक्ष ओलीले खेलाडीलाई खेलाडीमात्र नभई समाज परिवर्तनको योद्धासमेत रहेको स्मरण गराए।

अध्यक्ष ओलीले मानिस गलत संगतमा नपरोस् भन्नका लागि सही सङ्गततिर ल्याउनका लागि राजनीतिमा सहभागी गराउनुपर्ने बताए। उनले खेलाडीलाई अहङ्कार आफूभित्र प्रवेश गर्न नदिन पनि शालीन र विनम्र हुनुपर्ने बताए। उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा डोर्‍याउने काममा महासङ्घले गर्नुपर्ने भनाइ राखे। 

उनले आफ्नो गन्तव्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेको बताए। महासङ्घको हालै विराटनगरमा भएको दोस्रो राष्ट्रिय अधिवेशनले परशुराम बस्नेतको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी चयन गरेको थियो ।

प्रकाशित मिति: २०:०९ बजे, शुक्रबार, फागुन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्