Kathmandu Press

आयोगकाे व्याख्या : उपराष्ट्रपतिको उम्मेदवार खसआर्यभन्दा फरक समुदायबाट महिला नै हुनुपर्ने

उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सम्बन्धमा निर्वाचन अधिकृतलाई निर्देशन दिँदै आयोगले खस आर्यभन्दा फरक समुदायको हुने गरी महिलाले मात्र मनोनयन गर्न सक्ने आशय झल्किनेगरी व्यख्या गरेको छ।
आयोगकाे व्याख्या : उपराष्ट्रपतिको उम्मेदवार खसआर्यभन्दा फरक समुदायबाट महिला नै हुनुपर्ने

काठमाडाैं, फागुन २६ : राष्ट्रपतिको निर्वाचन सम्पन्न भएलगत्तै उपराष्ट्रपतिको निर्वाचनको सरगर्मी बढेको छ। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ५ गते हुँदैछ। उपराष्ट्रपतिका लागि भोलि (शनिबार) मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

यसै सन्दर्भमा उपराष्ट्रपतिका लागि उम्मेदवारबारे निर्वाचन आयोगले थप स्पष्ट पारेको छ। उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सम्बन्धमा निर्वाचन अधिकृतलाई निर्देशन दिँदै आयोगले खस आर्यभन्दा फरक समुदायको हुने गरी महिलाले मात्र मनोनयन गर्न सक्ने आशय झल्किनेगरी व्यख्या गरेको छ।

निर्वाचन आयोगको आज (शुक्रबार) बसेको बैठकले उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र देर्ता गन निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो।

‘संवत् २०७९ फागुन २५ गते राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुने भएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गदा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग (पुरुष) वा समुदायभन्दा फरक लिंग महिला वा अन्य वा फरक समुदाय दलित, आदिवासी जनजाति, मधेसी, थारू वा (मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा यस संविधानबमोजिम राष्ट्रपति उपराष्ट्रपतिको निवाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुन गरी गर्नुपर्ने व्यवस्था रहेको जनाइएकाे छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिका निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १८ का उपदफा ४ मा ‘यस दफाबमोजिम उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सोभन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेको जानकारी पनि विज्ञप्तिमा दिइएकाे छ।

आयोगले यस्तो व्याख्या गर्नुअघि फरक लिंग वा समुदायको भन्नाले राष्ट्रपति पुरुष भए पनि फरक समुदायबाट पुरुष नै पनि उपराष्ट्रपतिको उम्मेदवार हुन सक्ने हुँदै आएको थियो। तर आयोगको भनाइसँग उक्त व्यख्या बाझिन गएको छ। आयोगले निर्वाचन अधिकृतलाई दिएको निर्देशनले नवनिर्वाचित राष्ट्रपति पुरुष र खस आर्यबाट रहेकाले अब उपराष्ट्रपतिकाे उम्मेदवार खास आर्यभन्दा फरक समुदायकाे मिहला नै हुनुपर्ने देखिएकाे छ।

प्रकाशित मिति: १३:३५ बजे, शुक्रबार, फागुन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्