‘जसपालाई उपराष्ट्रपति दिने निर्णय भएको छैन, गठबन्धनमा छलफल गरेर टुङ्ग्याउछौं’

काठमाडौं, फागुन २६ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिने विषयमा गठबन्धनभित्र औपचारिक निर्णय नभएको बताएका छन् ।
शुक्रबार ललितपुरको बाँडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शनपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपसभापति खड्काले उपराष्ट्रपति उम्मेदवारको विषयमा केही समझदारी र सहमति भएपनि औपचारिक रुपमा निर्णय नभएको बताएका हुन् ।
उनले उम्मेदवार टुंगो लगाउन छिट्टै गठबन्धनको बैठक बस्ने र दलहरुबीच छलफल गर्ने जानकारी दिए । त्यसका लागि प्रधानमन्त्रीले संयोजन गर्ने र सम्बन्धित दल र नेताहरुको बैठक बसी औपचारिक निर्णय गरिने उनको भनाई छ । ‘दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ। जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ,’ उनले भने ।
जसपाले भने उपराष्ट्रपतिका लागि संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । ८ दलीय गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।










![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)
