स १० को गल्ती दोहोरिँदैन, कांग्रेसले एमालेसँग सहकार्य गर्दैन : उपसभापति खड्का
‘कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ला, होला भन्ने कसैले नसोचे हुन्छ। त्यो सपनामा मात्रै सम्भव छ’
काठमाडौं, फागुन २६ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले एमालेसँग सहकार्य गर्ने कुरा सपनामा पनि सोच्न नसकिने बताएका छन् ।
शुक्रबार ललितपुरको बाँडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शनपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपसभापति खड्काले माओवादीलाई बाहिर राखेर कांग्रेसले एमालेसँग सहकार्य नगर्ने बताएका हुन् ।
उनले राष्ट्रपति निर्वाचनको अगाडि बनेको गठबन्धन टसमस नभई पाँचै वर्षसम्म कायम रहने बताउँदै पुस १० गतेको गल्ती पुनः नदोहो¥याउने समेत बताए । ‘कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ला, होला भन्ने कसैले नसोचे हुन्छ। त्यो सपनामा मात्रै सम्भव छ,’ उपसभापति खड्काले भने ।
बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनपछि कांग्रेस र एमाले एकठाउँमा आउन सक्ने बताएका थिए । ‘उहाँले कुन सन्दर्भमा कसरी त्यो कुरा राख्नुभएको छ । उहाँको कुरा हो । तर कांग्रेस माओवादीसहितको दलहरु हामी पुस १० गते भत्किएको कुरालाई फेरि कमजोरी र गल्ती स्वीकार्दै एजेण्डामा सहमति भएका दलहरु यी एजेण्डामा टसमस नभएर ५ वर्ष अघि बढ्छौँ,’ उपसभापति खड्काले भने ।
खड्काले पुस १० को गल्ती सुधार गरी विभिन्न समयमा दलहरुसँग भएको संवाद र छलफलपछि नै पुनः एकठाउँमा आएको र त्यसकै कारण राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन सफल भएको बताए ।










![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)
