पत्रकार पवनलालकाे परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाही माग गर्दै साँखुमा प्रदर्शन
घटनाको निष्पक्ष छानविन हुनुपर्ने टिपर आतंक बन्द गर्नुपर्ने र पिडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै स्थानीयले शुक्रबार साखुँ बसपार्क अगाडीको सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका हुन्।
काठमाडौं, फागुन २६ : बुधबार भएको सडक दुर्घटनामा मृत्यु भएका पत्रकार पवनलाल श्रेष्ठका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाही गर्नुपर्ने भन्दै काठमाडौंको साँखुमा विरोध प्रदर्शन भएको छ।
घटनाको निष्पक्ष छानविन हुनुपर्ने टिपर आतंक बन्द गर्नुपर्ने र पिडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै स्थानीयले शुक्रबार साखुँ बसपार्क अगाडीको सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका हुन्।
शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा बुधबार बेलुकी टिपरले ठक्कर दिँदा बा९४प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पत्रकार पवनलाल श्रेष्ठ र बा८२प ८३५७ नम्बरको मोटरसाइकल चालक शङ्खरापुर–९ घर भएका २२ वर्षका हरि खड्काको मृत्यु भएको थियो।
उक्त घटनाका बिषयमा बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। तर स्थानीयले भने साँखु प्रहरीमा नै टिपरसहित चालकलाई राखेर अनुसन्धान गर्न माग गरेका छन्। उनीहरुले टिपर चालकलाई उन्मुक्ति दिन लागिएको भन्दै प्रशासन बिरुद्ध नारावाजी गरेका छन्।











![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)
