रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय
नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिए ।
काठमाडौं, फागुन २६ : नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिए ।
श्रेष्ठ कैलाली–१ बाट निर्वाचित सांसद हुन्। राष्ट्रपति निर्वाचन अघि गठन भएको ८ दलीय गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी पनि छ । गठबन्धनमा राष्ट्रपति कांग्रेसलाई दिएर उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति भएको थियो।
सहमति अनुसार जसपाले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नपाउने बताएको छ । सोही अनुसार मनोननय दर्ता गराउन पनि कर्मचारीहरुलाई निर्देशन दिइसकेको छ ।
आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगको ठहर छ ।










![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)
