प्रचण्डविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा
बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएपनि समयाअभावका कारण हेर्न नभ्याइनेमा परेको थियो । आज पनि उक्त रिट ११ औं नम्बरमा छ ।
काठमाडौं, फागुन २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमाथि आज सुनुवाई हुँदैछ ।
उक्त रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ । बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएपनि समयाअभावका कारण हेर्न नभ्याइनेमा परेको थियो । आज पनि उक्त रिट ११ औं नम्बरमा छ ।
द्वन्द्वकालीन घटनाका सम्बन्धमा दाहालको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर गरेका छुट्टाछुट्टै रिट दायर गरेका थिए।
०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा मारिएका पाँच हजार जनाको जिम्मेवारी आफूले लिने बताएका थिए ।
उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर भएकाे हाे।
यसअघि, सर्वाेच्च प्रशासनले रिट दरपीठ गरिदिएकाे थियाे । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो ।
दरपीठ आदेश बदर भएसँगै गएको मंगलबार प्रचण्डविरुद्ध अदालतमा रिट दर्ता भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रिपरिषद्को कार्यालय, गृह, रक्षा र कानुन मन्त्रालय लगायतलाई विपक्षी बनाइएको रिटमा पुष्पकमल दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउने अन्तरिम आदेशको माग गरिएको छ।










![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)
