Kathmandu Press

माओवादी धारका दलहरुको बैठक बालुवाटारमा जारी 

यसअघि २३ फागुनमा बालुवाटारमै बसेको यी पार्टीका नेताहरुको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
माओवादी धारका दलहरुको बैठक बालुवाटारमा जारी 

काठमाडौं, फागुन २६ : माओवादी धारका दलहरुको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान पौने ९ बजे बैठक सुरु भएको हो । 

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत सहभागी छन्।

यस्तै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुती, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, नेकपा बहुमतका नेता हेमन्तप्रकाश ओलीलगायत पनि बैठकमा सहभागी छन्।

'जनयुद्धकालीन मुद्दा'का विषयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डमाथि सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका दलका नेताहरू यसअघि पनि बालुवाटारमा छलफलमा जुटेका थिए।

यसअघि २३ फागुनमा बालुवाटारमै बसेको यी पार्टीका नेताहरुको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो । माओवादी घटकका नेताहरु संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत् टुंगो लगाउनुपर्छ भन्नेमा एकमत छन् ।

प्रकाशित मिति: ०९:२४ बजे, शुक्रबार, फागुन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्