देशका पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक,दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
काठमाडौं, फागुन २६ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक,दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: ०८:१५ बजे, शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)