नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानमन्त्रीले दिए बधाई
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
काठमाडौं, फागुन २५ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले बधाई ज्ञापन गरेका छन् । एक समारोहबीच प्रधानमन्त्रीले राष्ट्रपतिलाई बधाई दिएका हुन् ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन् । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।
प्रकाशित मिति: १९:२१ बजे, बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)
