जेएनयूमा उपस्थित हुँदा दीपिकासँग केही ब्रान्डले अनुबन्धन तोड्दै
काठमाडौं, माघ १ : दिल्लीस्थित जवाहरलाल नेहरु यूनिभरसिटी (जेएनयू)मा विद्यार्थी आन्दोलनमा एक्यवद्धाता जनाएका कारण बलिउड नायिका दीपिका पादूकोणले विभिन्न ....

काठमाडौं, माघ १ : दिल्लीस्थित जवाहरलाल नेहरु यूनिभरसिटी (जेएनयू)मा विद्यार्थी आन्दोलनमा एक्यवद्धाता जनाएका कारण बलिउड नायिका दीपिका पादूकोणले विभिन्न ब्रान्डसँगको अनुबन्धन गुमाउन लागेको समाचार आइरहेका छन्।
जेएनयूमा भइरहेको आन्दोलनका क्रममा भारतीय जनता पार्टी समर्थिन विद्यार्थीले विश्वविद्यालयमै गएर विद्यार्थीमाथि कुटपिट गरेका थिए। त्यसको विरोधमा देशभर प्रदर्शन भइरहेको छ भने जेएनयूका विद्यार्थी पनि आन्दोलनरत छन्। केही दिन अघि दीपिका पनि विद्यार्थीप्रति एक्यवद्धता जनाउन जेएनयू पुगेकी थिइन्।
जसले गर्दा भाजपाका नेता–कार्यकर्ताले विरोध गरिरहेका छन्। यसको असर उनको फिल्म ‘छपाक’मा पनि परेको छ। अझ विभिन्न ब्रान्डले त्यहि उपस्थितिका कारण सम्झौता तोड्न लागेको खबर आएका छन्।
दीपिकालाई अनुबन्धन गरेका ब्रान्डहरूले जेएनयू विवादले आफूलाई असर नगरोस् भनेर विचार गरिरहेको बताइन्छ। करिब पाँच वर्ष अघि अभिनेता आमिर खानले असहिष्णुतामाथि बयान दिँदा ब्रान्डहरूले उनीसँगको अनुबन्धन तोडेका थिए। दीपिकासँग पनि त्यस्तै हुने आंकलन गरिन थालेको छ।
कम्पनीहरूको गैरविवादित कलाकार लिने नीतिका कारण दीपिकाको अवस्था पनि आमिरको जस्तै हुन लागेको जनाएको छ।
अहिले दीपिका २० ब्रान्डसँग जोडिएकी छिन्। यी ब्रान्डहरूबाट उनले सय करोड भारूभन्दा बढी कमाइ गर्छिन्।












