नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई

काठमाडौं, फागुन २५ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन्।
राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन् –राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई।
आज भएको निर्वाचनमा पूर्व सभामुख एवं नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
प्रकाशित मिति: १७:४२ बजे, बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)
