Kathmandu Press

रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय 

रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय 

काठमाडौं, फागुन २५ : जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिका उम्मेदवार बन्ने भएका छन् ।

बिहीबार बसेको जसपाको बैठकले पार्टीका संसदीय दलका नेतासमेत रहेका यादवलाई उपराष्ट्रपतिको उम्मेवार बनाउने निर्णय गरेको हो । राष्ट्रपति चुनावका लागि बनेको ८ दलीय गठबन्धनबाट जसपालाई उपराष्ट्रपति दिइने सहमति भएको थियो । 

सोही सहमतिअनुसार जसपाले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको हो । 
 

प्रकाशित मिति: १७:२३ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्