राष्ट्रपति चयनका लागि निर्वाचन सम्पन्न, मतगणना साढे तीन बजेपछि
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज (बिहीबार) बिहान १० बजेदेखि ३ बजेसम्म मतदान भएको हो।
काठमाडाैं, फागुन २५ : मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि निर्वाचन सम्पन्न भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना ३:३० बजेपछि हुनेछ। प्रदेश र संंघको छुट्टाछुट्टै गरिने मतगणना गरिनेछ। मतपरिणाम आज साँझ आउने जनाइएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज (बिहीबार) बिहान १० बजेदेखि ३ बजेसम्म मतदान भएको हो।
राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेस नेता पौडेल उम्मेदवार छन् भने एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ छन्। राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कुल ८८२ मतदाता कायम छन्।संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ। मत कति खस्याे भन्ने विवरण भने आउन बाँकी छ।
कांग्रेसका पौडेललाई उनकै पार्टीसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको समर्थन रहेको छ। अनिर्णीत अवस्थामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि अन्तिम समयमा आएर पौडेललाई नै समर्थन गरेको हो। नेम्वाङको पक्षमा भने एमालेको मात्रै समर्थन रहेको छ। राप्रपा तटस्थ बसेको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










