Kathmandu Press

अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच चितवनको सौराहामा विवाह

विवाह उत्सवमा मानव र सुरक्षाका दुवै पक्षका परिवार र आफन्त तथा निकट साथीभाइको उपस्थिति रहेको जनाइएको छ।
अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच चितवनको सौराहामा विवाह

काठमाडौं, फागुन २५ : अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन्।

चितवनको सौराहाको एक रिसोर्टमा आज (बुधबार) उनीहरूले परम्पराअनुसार वैवाहिक सम्बन्ध गाँसेका हुन्। विवाह उत्सवमा मानव र सुरक्षाका दुवै पक्षका परिवार र आफन्त तथा निकट साथीभाइको उपस्थिति रहेको जनाइएको छ। 

अभिनेत्री पन्तले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विवाहको तस्बिर सार्वजनिक गरेकी छन्। तस्बिरमा दुवैजना हँसिलो मुद्रामा देखिएका छन्। सुरक्षा सुन्तला रङको सारी र मानव वैजनी रङको कोट र दौरा सुरुवालमा सजिएका छन्।

surakshya1678352614.jpg

विवाहमा मिडियालाई प्रवेश नदिइएको बताइएको छ। मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए। मानव कलाकार पनि हुन्। ओस्कार फिल्म कलेजबाट फिल्मको अध्ययन गरेका सुवेदीको पुर्ख्यौली घर झापा हो। यी दुईले विवाहको एक दिनअघि बुधबार इन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसकेका छन्।

बुधबार इन्गेजमेन्टपछि फेसबुकमार्फत इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै पन्तले लेखेकी थिइन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ। हामी धेरै खुसी छौं। आशीर्वाद दिनुहोला।’ त्यसपछि बुधबार नै मेहन्दी समारोहको तस्बिर पनि उनले सार्वजनिक गरेकी थिइन्।

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्