Kathmandu Press

मातातीर्थ क्षेत्रका तस्बिर प्रदर्शनी हुँदै

आगामी चैत ३ गते शुक्रबार चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित वडा कार्यालय हातामा हुने सो प्रदर्शनीमा मुख्य गरी क्यानेडियन नागरिक लियो गौलेटले सन् १९७३ ताका सो क्षेत्रमा कैद गरेका तस्बिरको समावेश हुनेछ। 
मातातीर्थ क्षेत्रका तस्बिर प्रदर्शनी हुँदै

काठमाडौं, फागुन २५ : प्रसिद्ध तीर्थस्थल मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरको प्रदर्शनी हुने भएको छ।

आगामी चैत ३ गते शुक्रबार चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित वडा कार्यालय हातामा हुने सो प्रदर्शनीमा मुख्य गरी क्यानेडियन नागरिक लियो गौलेटले सन् १९७३ ताका सो क्षेत्रमा कैद गरेका तस्बिरको समावेश हुनेछ। 

Hardik ivf

गौलेट पहिलोपटक मातातीर्थ क्षेत्रमा आइपुग्नुभएको ५० वर्ष पुगेको अवसर पारेर उहाँसँगको अन्तक्रियात्मक कार्यक्रमसहित एकदिने फोटो प्रदर्शनी  आयोजना गरिने कार्यक्रम संयोजक जीवन नेपालले जानकारी दिनुभयो।

प्रदर्शनीमा चन्द्रागिरि नगर क्षेत्रका अन्य पुराना चित्र तथा तस्बिरसमेत समावेश हुनेछन्। तत्कालीन प्रधानमन्त्री माथवरसिंह थापाका पालामा विसंं १९०१ सालमा नेपाल भ्रमणमा आएका तत्कालीन पर्सियाका राजकुमार फ्रेडरिक विल्हेम वाल्डेमारले थानकोट क्षेत्रमा कोरेका चित्र पनि प्रदर्शनीमा समावेश गरिने संयोजक नेपालले बताए।    

क्यानेडियन नागरिक लियो संयुक्त राष्ट्रसङ्घीय मिसनमा कार्यरत रहँदा पहिलोपटक सन् १९७३ मा मातातीर्थमा आउनुभएको थियो। प्रदर्शनीमा राखिने एक सय ७६  तस्बिरमध्ये ४२ तस्बिर पहिले र अहिले शीर्षकमा समावेश गरिने बताइएको छ।

पाँच दशकअघि र अहिलेको गाउँघरमा कस्तो परिवर्तन आयो भन्ने विषयको अध्ययनका लागि प्रदर्शनी फलदायी हुने अपेक्षासहित प्रदर्शनी आयोजना गर्न लागिएको चन्द्रागिरि नगरपालिका वडा नं ८ का अध्यक्ष प्रल्हाद रिजालले बताए। प्रदर्शनीमा समावेश हुने सबै तस्बिरहरू नेपालका पुराना तस्बिर सङ्कलन गर्ने संस्था फोटो म्युजियम नेपालले उपलब्ध गराएको हो।

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्