Kathmandu Press

राष्ट्रपति निर्वाचनको मतदान जारी (तस्बिरहरु) 

राष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान भइरहेको हो ।
राष्ट्रपति निर्वाचनको मतदान जारी (तस्बिरहरु) 

काठमाडौं, फागुन २५ : मुलुकको नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान जारी छ।  

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान भइरहेको हो । मतदान स्थलमा सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र बनाइएको छ । मुलकको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

20230309101452_RATL6025_1 (1)1678345649.JPG

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरे । अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत प्रमुख नेताहरुले पनि मतदान गरिसकेका छन् । 

20230309103346_RATL60851678345650.JPG

कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार छन्। मतदान स्थलमा राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्वाङले मुलुकलाई एकतावद्ध बनाएर अघि बढाउने भन्दै एकअर्कालाई शुभकामना दिएका छन् । 

RS_KTM-PM-IMG_20230309_1121001678345653.jpg

राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।     राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।  

RS_KTM-_MG_2453 (3)1678345656.jpg

RS_KTM-RATL62331678345657.jpg

BRO-KTM-9785224035229011678345656.jpg

BRO_KTM_1643881630849171678345655.jpg

20230309110621_RATL61641678345651.JPG

RS_KTM-_RATL6169(1)1678345652.jpg

RS_KTM-PM-20230309111912_RATL62201678345654.jpg

  

प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्