Kathmandu Press

प्रतिनिधिसभाका सभामुखद्वारा मतदान

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।
प्रतिनिधिसभाका सभामुखद्वारा मतदान

काठमाडाैं, फागुन २५ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए।

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्