एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफको पहिलो शतक
आसिफ ३७ औं ओभरको चौथो बलमा आउट भए ।
काठमाडौं, फागुन २५ : पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेखले शतक पूरा गरेका छन् ।एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफको पहिलो शतक हो । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा शेखले १०१ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०० रन पूरा गरेका हुन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए ।पहिलो विकेटका लागि ११० रनको साझदोरी गरेका कुशल भुर्तेल व्यक्तिगत ४५ रनमा आउट भए ।
आसिफ ३७ औं ओभरको चौथो बलमा आउट भए । ११० बल खेलेका आसिफले १२ चौका र दुई छक्काको मद्दतले ११० रन बनाएर आउट भए।
आसिफ नेपालका लागि एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी पनि बनेका छन् । उनले ३२ इनिङ्समा एक हजार रन पूरा गरेका हुन् । यसअघि नेपालका लागि रोहित कुमार पौडेलले एक हजार रन बनाएका थिए ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










