राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने नेमकिपाको निर्णय

काठमाडौं, फागुन २५ : नेपाल मजदुर किसान पार्टीले राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।
बैठकपछि जारी गरिएको विज्ञप्तिमा राष्ट्रपतिको उम्मेदवार व्यक्ति नभई पार्टी रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र एमालेको दृष्टिकोणमा तात्विक अन्तर नरहेको उल्लेख छ ।
नेमकिपाले एमसीसी सम्झौता, एसपिपी सम्झौता, गोर्खा भर्ती, १९५० को सन्धी, कोशी, गण्डक लगायत नेपालका हितविपरित रहका विभिन्न सन्धी सम्झौताहरु खारेज गर्ने प्रतिबद्धता दुबै दलले नगरेका कारण राष्ट्रपति निर्वाचनमा दुबै दलका उम्मेदवारलाई समर्थन गर्न नसकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: ११:१६ बजे, बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










