Kathmandu Press

संक्रमणकालीन न्यायसँग जोडिएका दुई विधेयक दर्ता गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ ।
संक्रमणकालीन न्यायसँग जोडिएका दुई विधेयक दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं, फागुन २५ : सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई महत्वपूर्ण विधेयक सङ्घीय संसद्मा दर्ता गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति प्रक्रियाका कामलाई यथाशीघ्र अगाडि बढाउने लक्ष्यका साथ ती महत्वपूर्ण विधेयक अगाडि बढाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ । यसअघि अघिल्लो सरकारले समेत सो विधेयक अगाडि बढाएको थियो । सङ्घीय संसद्को कार्यकाल समाप्त भएपछि ती विधेयक निस्क्रिय भएका थिए । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीका अनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ ती विधेयक सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको हो । 

यस्तै, खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भएको छ । खाद्य पदार्थ, तरकारीलगायतको परीक्षण एवं अखाद्य वस्तुको निर्क्यौल गर्ने सम्बन्धमा सरकारले आवश्यक चासोका साथ प्रक्रिया अगाडि बढाएको प्रेस संयोजक केसीले जानकारी दिए। 

प्रकाशित मिति: १०:४६ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्