राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङले गरे मतदान
मतदान बिहान १० बजेदेखि सुरु भएको मतदानमा पहिलो मतदान पौडेलले गरेका हुन् ।
काठमाडौं, फागुन २५ : राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित मतदान स्थलमा पुगेर उनीहरुले मतदान गरेका हुन् ।
मतदान बिहान १० बजेदेखि सुरु भएको मतदानमा पहिलो मतदान पौडेलले गरेका हुन् ।
मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन्।
राष्ट्रपतिका लागि ८ दलीय गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
मतदान सम्पन्न भएपछि आजै ४ बजेदेखि मतगणना सुरु गर्ने साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी निर्वाचन आयोगको छ।
राष्ट्रपति निर्वाचनमा राप्रपाले भने भोट हाल्ने छैन। उसले बुधबार नै राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: १०:३५ बजे, बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










