Kathmandu Press

सुरु भयो राष्ट्रपति निर्वाचनको मतदान

मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन्।
सुरु भयो राष्ट्रपति निर्वाचनको मतदान

काठमाडाैं, फागुन २५ : नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो।

मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन्।

राष्ट्रपतिका लागि ८ दलीय गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

मतदान सम्पन्न भएपछि आजै ४ बजेदेखि मतगणना सुरु गर्ने साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी निर्वाचन आयोगको छ।

राष्ट्रपति निर्वाचनमा राप्रपाले भने भोट हाल्ने छैन। उसले बुधबार नै राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १०:२१ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्