Kathmandu Press

इन्जिनमा आगो लागेपछि भैरहवाका लागि उडेकाे श्री एयरलाइन्सको जहाज काठमाडाैंमा सुरक्षित अवतरण

इन्जिमा आगो लागेको देखिएपछि काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गरिएको हो।
इन्जिनमा आगो लागेपछि भैरहवाका लागि उडेकाे श्री एयरलाइन्सको जहाज काठमाडाैंमा सुरक्षित अवतरण

काठमाडौं, फागुन २५ : इन्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको जहाज सुरक्षित अवतरण गरिएको छ।

इन्जिमा आगो लागेको देखिएपछि काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गरिएको हो।

काठमाडौंबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए। त्यसपछि उडान नं. ८२१ को सो जहाज धादिङको थाक्रेबाट त्रिभुवन विमानस्थल फर्किएको थियो ।

जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रहेकाे बताइएकाे छ।

प्रकाशित मिति: १०:१२ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्