Kathmandu Press

राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्रको ब्यवस्था 

राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्रको ब्यवस्था 

काठमाडौं, फागुन २५ : आज  हुने राष्ट्रपति निर्वाचनको निम्ति अलग - अलग दुईवटा मतपत्र उपलब्ध हुनेछ ।

निर्वाचन आयोगले ब्यवस्था गरे अनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग - अलग मतपत्र उपलब्ध हुन लागेकाे हाे ।

रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सांसदलाई दिइने आयाेगका सह सचिव तथा प्रबक्ता  शालिकराम पाैडेलले जानकारी दिएका छन्।

मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

namuna1678330199.jpg

प्रकाशित मिति: ०८:२८ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्