Kathmandu Press

राष्ट्रपति निर्वाचनमा मतदाताकाे परिचय खुल्ने ५ मध्ये एक परिचय पत्र अनिवार्य

राष्ट्रपति निर्वाचनमा मतदाताकाे परिचय खुल्ने ५ मध्ये एक परिचय पत्र अनिवार्य

काठमाडौं, फागुन २५ : निर्वाचन आयोगले आज हुने राष्ट्रपति निर्वाचनका आफनो नाम उल्लेख भएको ५ मध्ये एक परिचय पत्र लिएर मतदान स्थलमा जानुपर्नेछ ।

राष्ट्रपति पद निर्वाचनमा मतदाताहरूले मतदान गर्न आयोगले स्पष्ट रुपमा कानुनी ब्यवस्था गरेका भन्दै ५ वटा एउटा परिचय खुल्ने कागजात लैजानु पर्ने जनाएको हो ।

जसअनुसार निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र,  सम्बन्धित् संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र मतदान गर्नु अघि देखाउनु पर्नेछ । 

सो परिचय पत्र नभएमा निर्वाचन अधिकृतबाट सम्बन्धित् सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रमध्ये एउटा लिएर मतदानस्थलमा जानु पर्ने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: ०८:०८ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्