Kathmandu Press

गायक राजेशपायल राईले गरे प्रेमिका साङबुङसँग औपचारिक रुपमा विवाह

गायक राजेशपायल राईले गरे प्रेमिका साङबुङसँग औपचारिक रुपमा विवाह
Hardik ivf

काठमाडाैं, फागुन २४ : गायक राजेशपायल राईले औपचारिक रुपमा विवाह गरेका छन् । प्रेमिका साङबुङ राईसँग गायक राईले गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा विवाह दर्ता गरेका हुन् ।

उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ । यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो । यी दुईजनाबाट एक सन्तानको पनि जन्म भएको छ । विवाहलाई मिडिया खुलासा गरेपनि राजेशपायलले अहिलेसम्म औपचारिक रुपमा केही खुलाएका थिएनन् ।

विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष र प्रेमिका सङबुङको उमेर राजेशपायलभन्दा आधाले कम छ । 

प्रकाशित मिति: २०:५५ बजे, बुधबार, फागुन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्