जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
1672928895.jpg)
काठमाडाैं, फागुन २४ : जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बिहीबार आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे बैठक बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । उनका अनुसार जसपाले बिहीबार बिहान आफ्ना सांसदहरूलाई पनि बालकुमारीमा उपस्थित हुन भनेको छ ।
पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम तय भएको बताइएको छ । बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरूलाई सूचित गरिएको छ । जसपाका सङ्घीय सांसद १४ र प्रदेशसभा सदस्य २२ गरी ३६ मतदाता रहेका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फको एक स्थान भने रिक्त रहेको छ ।
प्रकाशित मिति: १९:४४ बजे, बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










