Kathmandu Press

राष्ट्रपतिको निर्वाचनकाे समयमा बुथमा माेवाइल फाेन लैजान निषेध

राष्ट्रपतिको निर्वाचनकाे समयमा बुथमा माेवाइल फाेन लैजान निषेध

काठमाडाैं, फागुन २४ : निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनकाे समयमा बुथमा माेवाइल फाेन लैजान निषेध गरेकाे छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा दलहरूले क्रस भोट हुनसक्ने आशंका गरिरहेका बेला निर्वाचन आयोगले बुथमा मतदाताले मोबाइल फोन लान नपाइने जनाएकाे हाे।

बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म राष्ट्रपतिको निर्वाचनकाे लागि मतदानकाे कार्यक्रम रहेकाे छ।

राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का सदस्यहरू र प्रदेशसभाका सदस्यहरू मतदाता हुन्छन् ।

कार्यालयले संघीय सांसदहरूका लागि एक र प्रदेशसभा सदस्यहरूका लागि अर्को गरी दुई वटा मतदान केन्द्र बनाएको छ । 

बिहीबार दिउँसो ३ बजेसम्म मतदानपछि मुचुल्का गर्ने र ४ बजेदेखि अन्नपूर्ण स्काई हलमा मतगणना गर्ने गरी तयारी गरिएको छ ।

प्रकाशित मिति: १८:५९ बजे, बुधबार, फागुन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्