राष्ट्रपति निर्वाचन प्रक्रियामा सहभागी नहुने राप्रपाको निर्णय
बुधबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।
काठमाडौं, फागुन २४ : राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।
राप्रपा राष्ट्रपतिको निर्वाचनमा सहभागी हुन नहुने कुरा पार्टीभित्र यसअघि नै उठ्दै आएको विषय हो । राजसंस्था पुनस्थापनाको एजेण्डामा रहेको दलले गणतन्त्रको प्रतिकका रुपमा रहेको राष्ट्रपतिमा मतदान गर्नु पार्टीको एजेण्डा विपरित हुने भएकाले निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।
राष्ट्रपति चयनका लागि भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम छ । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।
प्रकाशित मिति: १८:१३ बजे, बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










