Kathmandu Press

अमेरिकाबाट पठाइएको पार्सलमा ६.९ किलाे गाँजा, तीनजना पक्राउ

अमेरिकाबाट पठाइएको पार्सलमा ६.९ किलाे गाँजा, तीनजना पक्राउ

काठमाडौं, फागुन २४ : प्रहरीले अमेरिकाबाट पठाइएको पार्सलबाट गाँजा बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यलयमा आउने पार्सलहरुको चेकजाँचका क्रममा दुई पार्सलमा ६.९ किलो गाँजा फेला परेको लागु औषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)चक्रराज जोशीले जानकारी दिए। 

उनका अनुसार  फागुन २१ गते आइतबार अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलसबाट दुबई हुँदै काठमाडौं आएको पार्सलमा साढे ४ किलो गाँजा भेटिएको हो । उक्त पार्सलमा चकलेट एन्ड चाइल्ड गेम आइटम भनी उल्लेख गरिएको र शंकास्पद लागेर चेकजाँच गर्दा  चकलेटको बट्टाभित्र गाँजा फेला परेको प्रवक्ता जोशीले जानकारी दिए । 

उक्त पार्सल लिन आउने भारतीय नागरिक तीस वर्षीय निमेष अशोकभाई  दयानी र सर्लाही हरिहरपुर नगरपालिका–३ का २८ वर्षीय फैज आलम पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट ८० हजार नेपाली रुपैयाँ बरामद गरेको छ । थप शंकास्पद लागेपछि ब्युरोले  ठमेलस्थित उनीहरु बस्दै आएको होटलको कोठा खानतलासी गर्दा प्रहरीले एक थान भारतीय राहदानी र १ लाख ४० हजार भारतीय रुपैयाँ फेला पारेको छ ।

gaja kanda1678268967.jpg

आइतबार नै क्यालिफोर्नियाबाट दुबई हुँदै नेपाल आएको अर्को पार्सलमा पनि प्रहरीले गाँजा फेला पारेको छ ।  होम डेकोर वाटर फाउन्टेन एन्ड चाइल्ड गेम आइटम उल्लेख गरिएको पार्सलहरु चेकजाँच गर्दा २.४ किलो गाँजा फेला परेको हो । 

रिसिभ गर्ने व्यक्तिबारे पार्सलमा उल्लेख गरिएको विवरणका आधारमा प्रहरीले सोही दिन काठमाडौंको नागार्जुन नगरपालिका–४का २३ वर्षीय रुपक अर्याल पक्राउ गरेको छ ।

पक्राउ परेका दुबैलाई दाथस औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एसपी जोशीले जानकारी दिए। 
 

प्रकाशित मिति: १५:३० बजे, बुधबार, फागुन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्