Kathmandu Press

प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले सफलतापूर्वक नेतृत्व सम्हाल्नुभयाे : ओली

कहिलेकाहीँ राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो स्वार्थमा कतै ठेस लाग्दा र स्वार्थ पुरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको मर्यादा नगरेर बकवास गरे पनि त्यसको कुनै अर्थ नरहेको धारणा उनले राखे।
प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले सफलतापूर्वक नेतृत्व सम्हाल्नुभयाे : ओली

काठमाडाैं, फागुन २४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको इतिहासमा प्रथम महिला राष्ट्रपतिको रुपमा विद्यादेवी भण्डारीले सफलतापूर्वक नेतृत्व सम्हालेको बताएका छन्।

११३औं अन्तर्राष्ट्रिय महिला दिवसमा अखिल नेपाल महिला संघले बुधबार ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले विभिन्न आन्दोलनबाट अगाडी आएको नेतृ भण्डारीले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियत सफलतापूर्वक नेतृत्व गरेको बताएकी हुन्।

कहिलेकाहीँ राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो स्वार्थमा कतै ठेस लाग्दा र स्वार्थ पुरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको मर्यादा नगरेर बकवास गरे पनि त्यसको कुनै अर्थ नरहेको धारणा उनले राखे।

ओलीले सफल सही र उत्कृष्ट मर्यादालाई विचार गरेर राष्ट्रपति भण्डारीलाई जनताले दोस्राेपटक राष्ट्रपति बनाएको जिकिर गरे।

उनले नेपालमा महिला सशक्तीकरणको क्षेत्रमा धेरै काम भएको र महिलाहरु मुलुकको उच्च ओहोदामा पुगेको बताए। नेपालमा अव महिला प्रधानमन्त्री हुन मात्र बाँकी रहेकाले अनुभव, प्रतिस्पर्धा र क्षमताका आधारमा सो पदमा पुग्न सकिने उनले बताए।

ओलीले अवको युगमा महिला पछिपर्नुपर्ने कुनै कारण नै नरहेको भन्दै लैंगिक समानताका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुसरणीय रहेको बताए। 

प्रकाशित मिति: १४:४६ बजे, बुधबार, फागुन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्