Kathmandu Press

ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्छ : सभामुख

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको राष्ट्रिय गोष्ठी उद्घाटन गर्दै सभामुख घिमिरेले अहिले सहकारी संस्थाका बारेमा धेरै आवाजहरु उठिरहेको अवस्थामा यसलाई नियमन गर्न छुट्टै ऐन निर्माण गर्नुपर्ने बताएका हुन्।
ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्छ : सभामुख

काठमाडौं, फागुन २४ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्ने बताएका छन्।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको राष्ट्रिय गोष्ठी उद्घाटन गर्दै सभामुख घिमिरेले अहिले सहकारी संस्थाका बारेमा धेरै आवाजहरु उठिरहेको अवस्थामा यसलाई नियमन गर्न छुट्टै ऐन निर्माण गर्नुपर्ने बताएका हुन्।

उनले बचत तथा ऋण सहकारीसम्बन्धी ऐनका लागि आफुले पनि पहल गर्ने आश्वासन दिए। त्यस्तै उनले अहिले देशैभरबाट लघुवितिय संस्थामा भइरहेका बिरोधका विषयमा केन्द्रीय सहकारी संघले आवश्यक निष्कर्ष निकालेर धारणा तय गर्नुपर्ने बताए।

विश्व लगाएत नेपालमा पनि आर्थिक समस्या देखिएको अवस्थामा तीन खम्वे अर्थनीतिको प्रमुख हिस्सा सहकारी क्षेत्रलाई पनि ठिक ढंगले अघि बढाउनुपर्ने उहाले बताए। सभामुख घिमिरेले सहकारीका नामबाट ठगि गर्ने प्रवृतिलाई केन्द्रीय सहकारी संघले नै नियमन र अनुगमन गर्दै देखा परेका समस्यालाई समयमा नै समाधान गर्नुपर्ने बताए।

सहकारी क्षेत्रको जोखिम व्यवस्थापन, उत्पादन लक्षित ऋण परिचालन, प्रविधि हस्तान्तरण एवं आन्तरिकीकरण लगाएतका बिषयमा ठोस मार्गदर्शन सहित व्यवस्थापकिय प्रणालीमा एकरुपमा कायम गर्नका लागि गोष्ठिको आयोजना गरिएको केन्द्रीय सहकारी संघले जनाएको छ। 

प्रकाशित मिति: १४:४१ बजे, बुधबार, फागुन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्