महिला सशक्तिकरण महिला आन्दोलनकै उपज हो : प्रदेश प्रमुख परियार
परियारले जनयुद्ध, जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण क्षेत्रको प्राप्त उपलब्धि विश्व महिला आन्दोलनकै उपज भएको बताएका हुन्।
वीरेन्द्रनगर, फागुन २४ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले महिला सशक्तिकरण महिला आन्दोलनकै उपज रहेको बताएका छन्।
परियारले जनयुद्ध, जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण क्षेत्रको प्राप्त उपलब्धि विश्व महिला आन्दोलनकै उपज भएको बताएका हुन्।
आज ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख परियारले लैंगिक समानताका क्षेत्रमा हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको औँल्याउएका छन्।
उनले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था, न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे।
राष्ट्रिय समृद्धि हासिल गर्न महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा व्यवस्थापकीय रुपान्तरण आवश्यक रहेको भन्दै उनले सुरक्षा, सम्मान र रोजगारीलाई साझा अभियानकै रुपमा अघि बढाउन आवश्यक रहेको बताए।
अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वास शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख परियारले व्यक्त गरेका छन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










