महिलामैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु : आरजु राणा

काठमाडौं, फागुन २४ : नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले महिलामैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै डा. राणाले प्रतिनिधि सभाको सदस्यको हैसितयमा महिलामैत्री नीति र कानुनलाई सुनिश्चित गर्न भूमिका खेल्ने बताएकी हुन्।
उनले महिलाहरुलाई नवीनतम् प्रविधिहरुमा समान पहुँच र अहिलेको डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चित गर्न आवश्यक रहेको र त्यसका लागि लैङ्गिक समानतालाई प्रवद्र्धन गर्दै डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिने गरी नीतिगत सुधारका काम गर्ने बताइन्।
‘विशेष गरी ग्रामीण र सीमान्तकृत समुदायका महिलाहरुको प्रविधि–साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरुको पहुँच पुर्याउने नीतिगत सुधारका काम गर्नेछु,’ शुभकामना सन्देशमा उनले भनेकी छन्। डा. राणाले डिजिटल स्पेस सहितको क्षेत्रहरुमा लैङ्गिक समानताको प्रवद्र्धन गर्न साझा प्रतिवद्धता आवश्यक रहेको उल्लेख गरेकी छन्।
यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा नै ‘डिजिटल इनोभेस एन्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ रहेको र यसले डिजिटल प्रविधिको पहुँच र प्रयोगमा लैङ्गिक खाडलको महत्वलाई उल्लेख गरेको डा. राणाले बताएकी छन्। ‘डिजिटल प्रविधिको पहुँच र प्रयोगमा पनि महिलाहरुको समान सहभागिता हुन जरुरी छ। किनकि, यसले उनीहरुलाई आफ्नो आर्थिक उन्नती गर्न मद्दत गर्न सक्छ। महिलाहरुको डिजिटल उपकरण र सीपहरुमा पहुँच हुन अत्यावश्यक छ , किनकि, यसले महिलाहरुलाई आर्थिक अवसरहरुमा सहभागी गराउँदै उनीहरुको स्वास्थ्य र शिक्षाको अवस्थामा सुधार गरेर समाजमा सक्षम हुन सहयोग पु¥याउँछ,’ सन्देशमा उल्लेख छ।
डा. राणाले महिला अधिकारको क्षेत्रमा अझै धेरै कामहरु गर्न बाँकी रहेको बताएकी छन्। नेपाली नारीहरुले आफूले पाएको अवसरहरुमा सफल भएर पटकपटक प्रमाणिट गरिसकको उनको भनाई छ। ‘महिलाहरु परिवार, समुदाय र राष्ट्रकै नेतृत्वकर्ता हौं। महिलाहरु उद्यमीहरु, कार्यकर्ताहरु शिक्षकहरु र अन्य धेरै क्षेत्रमा सफल हुँदै आएका छन्। यद्यपि, हामीले अझै पनि धेरै काम गर्न बाँकी छ।’
त्यस्तै शिक्षा, स्वास्थ्य सेवामा पहुँच लगायत कार्यस्थल र समान अवसरहरुका क्षेत्रमा महिलाहरले बाधा र भेदभाव भोग्दै आएको डा. राणाले बताएकी छन् । ‘तर हामी , यी चुनौतिहरुबाट रोकिन छैनौं। हामी एक आपसमा हातेमालो गरेर महिलाका लागि भएका अवरोधहरु तोड्न लागि पर्ने छौं र समस्त नेपाली नारीहरुलाई थप न्याय र समानता मिलाउने छौं,’ शुभकामना सन्देशमा उल्लेख छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










