महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता : देउवा
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना जारी गर्दै नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको देउवाले बताएका हुन् ।
काठमाडौं, फागुन २४ : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना जारी गर्दै नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको देउवाले बताएका हुन् । शहरदेखि दुर दराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त भएको भन्दै हिंसा— लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको देउवाको भनाइ छ ।
हिंसा— मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो । हिंसा— सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ, देउवाद्वारा जारी विज्ञप्तिमाम उल्लेख छ ।
महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउने उनले विश्वास लिएक छन् ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










