राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै
राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाइएको बताइएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समिति बैठकमा नेताहरूको धारणा लिने तयारी गरेका छन् ।
काठमाडौं, फागुन २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको हो ।
राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाइएको बताइएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समिति बैठकमा नेताहरूको धारणा लिने तयारी गरेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि भोलि मतदान हुँदैछ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमालें) का नेता सुवास नेम्वाङ उमेदवार छन् ।
प्रकाशित मिति: ०७:३८ बजे, बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)