Kathmandu Press

प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर गरिएकाेप्रति बारकाे असन्तुष्टि

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएकाेमा नेपाल बार एशोसिएशनले असन्तुष्टि व्यक्त गरेकाे छ।
प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर गरिएकाेप्रति बारकाे असन्तुष्टि

काठमाडाैं, फागुन २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएकाेमा नेपाल बार एशोसिएशनले असन्तुष्टि व्यक्त गरेकाे छ।

मंगलबार बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा संक्रमणकाली नयायसम्बन्धी विवाद निरुपणका लागि संविधान अनुसार गठन भएका आयोग र न्यायिक निकायले आआफ्नो दायित्व निर्वाह गरी काम गर्ने भन्दै ती निकाय प्रभावित हुने गरी गतिविधि नगर्न आह्वान गरिएको छ ।

शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने उद्देश्यले सत्य निरुपाण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन भई उनीहरुले आफ्नो क्षेत्राधिकार अन्तर्गतको काम गरिरहेको पनि बारले जनाएको छ ।

‘…शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरु नै जिम्मेवार हुन जरुरी छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७६ साल माघमा दिएको अभिव्यक्तिलाई लिएर तत्कालिन नेकपा माओवादी केन्द्रबाट मारिएका व्यक्तिको परिवारले सर्वोच्च अदालतमा रिट दिएका छन् । सो रिटमा बिहीबारलाई पेशी तोकिएको छ ।

प्रकाशित मिति: १८:४४ बजे, मंगलबार, फागुन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्