द्वन्द्वकालका घटनालाई संक्रमणकालीन न्यायको माध्यमबाट समाधान गरिनुपर्छ : लेखक

काठमाडौं, फागुन २३ : नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायका विषयमा संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्ने बताएका छन् ।
मंगलबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा संचारकर्मीसंग कुरा गर्दै मुख्य सचेतक लेखकले ५२ देखि ६२ साल सम्मका द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
उनले फौजादारी न्यायको सामान्य प्रक्रियाबाट नभई संक्रमणकालीन न्यायकै प्रबन्धबाट द्वन्द्वकालीन मुद्दा हल गर्नुपर्ने धारणा राखे। उनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत ऐनलाई परिमार्जित गरेर बिधेयकका रुपमा तत्काल संसदमा पेश गरेर कानून बनाउनुपर्ने र कानून अनुसार आयोग गठन गरेर सवै कामलाइ तार्किक निष्कर्षमा पुराउनुपर्ने बताए।
लेखकले द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै माध्यमबाट सम्बोधन गर्नुपर्छ भन्ने बिषय सर्वोच्चलाइ राम्रोसंग जानकारी भएको बताए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










