Kathmandu Press

शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउनु गम्भीर : डा. भट्टराई 

शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउनु गम्भीर : डा. भट्टराई 
फाइल तस्बिर

काठमाडौं, फागुन २३ : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर बिषय भएको बताएका छन् । 

११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा समाजवादी महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भट्टराईले पछिल्लो समय बृहत शान्तिसम्झौता मर्मबिपरितका कार्यहरु भएको र शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रधानमन्त्री प्रचण्डलाई मुद्दा चलाउने कुरा गम्भीर बिषय भएको बताएका हुन् । 

उनले आफुहरु अदालतको सम्मान गर्ने भन्दै शान्ति सम्झौता संविधानकै एउटा अङ्ग भएकाले द्वन्द्वकालीन मुद्धाहरुलाई आयोग मार्फत समाधान गर्नुपर्ने जिकिर गरे। द्वन्द्वकालीन मुद्धाहरुलाई निरुपण गर्न बिभिन्न आयोग बनेको अवस्थामा केहि द्वन्द्वको खेती गर्ने र डलरबादीहरुले शान्तिप्रक्रियाका कामलाई पूर्णता दिन नदिएको उनले बताए। भट्टराईले अहिले संविधानमा रहेका महिला, लगायतका जनताका अधिकारहरुलाई उल्टाउनका लागि गम्भीर प्रकृतिका षडयन्त्रहरु भइरहेको बताए। 

उनले बलिदानी पूर्वक  बनाएको नयाँ संविधानमा रहेका अधिकारहरुमा केहि त्रुटि रहेकाले आगामी दिनमा सवैलाई  समान अधिकार दिनका लागि संविधान संशोधन आवश्यक रहेको धारणा राखे । 

प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, फागुन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्