Kathmandu Press

८ दलका सांसदहरुलाई भोलि ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन 

मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको गठबन्धनको बैठकले राष्ट्रपतिको निर्वाचनमा शतप्रतिशत मत खस्ने वातावरण मिलाउनेगरी व्यवस्थापन गर्न दलहरूलाइ निर्देशन दिएकाे छ ।
८ दलका सांसदहरुलाई भोलि ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन 

काठमाडौं, फागुन २३ : ८ दलीय गठबन्धनले आफ्ना सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आउन निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको गठबन्धनको बैठकले राष्ट्रपतिको निर्वाचनमा शतप्रतिशत मत खस्ने वातावरण मिलाउने र त्यसका लागि भोलिसम्म गठबन्धनमा रहेका दलका प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सबै सांसदहरुलाई काठमाडौं आउन निर्देशन गर्ने निर्णय गरेको हो । 

बैठकले गठबन्धनमा आवद्ध दलका नेतृत्वले आफ्नो दलबाट शतप्रतिशत मत खस्ने वातावरण बनाउन पहल गर्ने निर्णय गरेको हो । त्यसका जिम्मेवारी सम्बन्धित दलका शीर्ष नेताहरुले लिनेछन् । 

काठमाडौंमा उनीहरुलाई पार्टीले आन्तरिक रुपमा प्रशिक्षण दिने निर्णय गरेका छन्। राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको अवस्था रहेका कारण पार्टीहरुले आन्तरिक रुपमा आफ्ना सांसदहरुलाई प्रशिक्षण दिने निर्णय गरेको हो । मौन अवधि भएका कारण गठबन्धनले निर्णय भने सार्वजनिक गरेको छैन। 

फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचननमा कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । राष्ट्रिय सभाका सदस्य, प्रतिनिधि सभाका सदस्य र प्रदेश सभाका सदस्यले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछन्। 

निर्वाचनका लागि मंगलबार रातिदेखि आचारसंहिता लागू भइसकेको छ ।  
 

प्रकाशित मिति: १५:५४ बजे, मंगलबार, फागुन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्