Kathmandu Press

प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट सर्वोच्चमा दर्ता, फागुन २५ गते पेशी

रिटमा प्रधानमन्त्री प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गर्न माग गरिएको छ । 
प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट सर्वोच्चमा दर्ता, फागुन २५ गते पेशी

काठमाडौं, फागुन २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिविरुद्ध अधिवक्ता ज्ञानेन्द्र आरणले दिएकोे रिट  सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र राज ढकालले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्धको रिट दर्ता भएको जानकारी दिएका छन् । ढकालका अनुसार उक्त रिटको पेशी फागुन २५ गतेलाई तोकिएको छ । 

शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयाँलको इजलासले प्रचण्ड विरूद्धको रिट दर्ता गर्न आदेश गरेसँगै मंगलबार कानुन व्यवसायीहरु सर्वोच्च पुगेका थिए । उनीहरुले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गरेका छन् ।  

प्रचण्डले  ०७६ माघ १ गते काठमाडौैको खुलामञ्मा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिनसक्ने बताएका थिए । सोही अभिव्यक्तिमा टेकेर कानुन व्यवसायीहरुले प्रचण्डले हत्याकाे जिम्मा लिएकाे भन्दै गत कात्तिकमा पनि सर्वोच्चमा रिट दिएका थिए । 

सर्वोच्च प्रशासनले उक्त विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताउँदै रिट दरपीठ गरिदिएको थियो । रिट दरपीठविरुद्ध परेको निवेदनमा शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय खतिवडा र फुँयालले रिट दर्ता गर्न आदेश दिएको थियो । रिटमा प्रधानमन्त्री प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गर्न माग गरिएको छ । 

प्रकाशित मिति: १३:१३ बजे, मंगलबार, फागुन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्