Kathmandu Press

शान्ति सम्झौता र परिवर्तनविरुद्धका गतिविधिको प्रतिवाद गर्ने पूर्वमाओवादी धारका ८ दलको निर्णय

बालुवाटारको छलफलपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेताहरुले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिको प्रतिवाद गर्न एकमत रहेको सन्देश दिएका छन् । 
शान्ति सम्झौता र परिवर्तनविरुद्धका गतिविधिको प्रतिवाद गर्ने पूर्वमाओवादी धारका ८ दलको निर्णय

काठमाडौं, फागुन २३ : पूर्वमाओवादी धारका आठ दलले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा डेढ घन्टा लामो बैठकपछि विज्ञप्ति जारी गर्दै ८ दलले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिको प्रतिवाद गर्न एकजुट हुने निर्णय गरेका हुन् । 

‘शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न हामी एकमत छौं । साथै विभिन्न समयमा राज्यसंग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा समेत प्रतिवद्ध छौं,’ विज्ञप्तिमा भनिएको छ । 

उनीहरुले शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा दृढ रहेको पनि बताएका छन् ।  संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् । 

शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग माग गरेका छन् ।

No description available.

छलफलपछि जारी गरिएको विज्ञप्तिमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष  डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सी.पी गजुरेल, नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुति, नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी, माओवादी कम्युनिस्ट पार्टीका  केन्द्रीय सदस्य नारायणप्रसाद धिमालले हस्ताक्षर गरेका छन् । 
 

प्रकाशित मिति: ११:११ बजे, मंगलबार, फागुन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्