Kathmandu Press

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाले बोलायो बैठक 

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाले बोलायो बैठक 

काठमाडौं, फागुन २३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  

बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुनेछ ।  

राप्रपामा राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने पक्षमा बलियो मत छ । बैठकमा यसबारे गम्भीर छलफल हुने र निर्णय गरिने प्रवक्ता श्रेष्ठले बताएका छन् ।  

राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् 

प्रकाशित मिति: १०:४९ बजे, मंगलबार, फागुन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्