बालुवाटारमा माओवादी धारका राजनीतिक दलहरूकाे बैठक सुरू
बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओली लगायतका नेताहरू सहभागी रहेका छन।
काठमाडाैं, फागुन २३ : माओवादी धाराका राजनीतिक दलहरूबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव प्रसाद गुरुङ, नेताहरु मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेत सहभागी छन् ।
त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादव, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला,नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुती, नेताहरू कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत सहभागी छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चले आदेश दिएको थियो । आइतबार सहिद तथा बेपत्ता फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्ड, बाबुराम र विप्लवले जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको भन्दै पूर्वमाओवादीहरु एक हुुनुपर्ने बताएका थिए ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










