Kathmandu Press

पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकाले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा  मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाडौं, फागुन २३ : हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकाले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा  मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

साथै  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै आझ राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

भोलि बुधबार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित मिति: ०७:४६ बजे, मंगलबार, फागुन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्